Logo

सुमी फर्मास्युटिकलद्वारा १ करोड रूपैयाँ बराबरको स्यानिटाइजर हस्तान्तरण



कखरा संवाददाता


२९ चैत, काठमाडौं । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर स्यानिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका सञ्चालक तथा सांसद कर्मा घलेले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई साे परिमाणकाे स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

मन्त्री ढकालले उक्त स्यानिटाइजर संघीय सरकारमातहतका अस्पतालमा ३ हजार लिटर वितरण गरिने र सातै प्रदेशमा १ हजार लिटरका दरले वितरण गरिने जानकारी दिए । कम्पनीका सञ्चालकसमेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई स्यानिटाइजर उपलब्ध गराइएको बताए ।

औषधि व्यवस्था विभागबाट उत्पादन सुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारदेखि नवलपुरको कारखानाबाट स्यानिटाइजर उत्पादन सुरु गरेका हो ।

प्रतिक्रिया दिनुहोस्