Logo

काठमाडौं छोड्न चाहनेलाई भोलि र पर्सि जान दिने, प्रक्रियाबारे छलफल हुँदै



कखरा संवाददाता


२७ चैत, काठमाडौं । सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ ।

बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दुई दिनका लागि नागरिकलाई बाहिर जान दिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय फिर्ता

समितिको यस्तो निर्णयपछि अहिले गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक बसिरहेको छ । ‘कसरी पठाउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं, साँझसम्म मोडालिटी तयार गर्छौं,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने ।

सरकारले स्थानीय तहसँग समन्वय गरेर नागरिकहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको छ । चैत ११ गतेदेखि लक डाउन भएपछि धेरै मानिसहरू काठमाडौंबाट हिँडेरै गन्तव्यमा गइरहेका थिए । सुरूमा एक हप्ताका लागि गरिएको लक डाउनको समय अहिले तीन हप्ता पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्