Logo

आज चैत २६, पञ्चायती व्यवस्था खारेज भएकाे दिन



कखरा संवाददाता


२६ चैत, काठमाडौं । आज चैत २६, प्रजातन्त्र पुर्नस्थापना भएको दिनका रुपमा स्मरण गर्ने गरिन्छ । २०४६ सालमा आजकै दिन ३० बर्ष लामो निर्दलीय पञ्चायती शासन ब्यवस्थाको अन्त्य भई देशमा बहुदलीय ब्यवस्था पुर्नस्थापना भएको थियो ।

नेपालको ईतिहासमा यस दिनलाई निक्कै नै महत्वपूर्ण मानिने गरेको छ । नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना भएको दिन र ऐतिहासिक जनआन्दोलन २ को सुत्रपात समेत भएको दिनको रुपमा आजको दिनलाई महत्वका साथ हेरिने गरिएको हो ।

Date: 1972 Location: Kathmandu, Kathmandu Description: Gaun Panchayat banner at a holiday event

नेपाली कांग्रेस र बामपन्थी पार्टीहरु सम्मिलित बाम मोर्चाले आह्वान गरेको संयुक्त आन्दोलन शिखरमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते राती पञ्चायती ब्यवस्था खारेज गर्दै बहुदलीय राजनीतिक प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए ।

त्यस समयमा आन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंह थिए भने कृष्णप्रसाद भट्टराई, गिरिजिाप्रसाद कोइराला, मनमोहन अधिकारी, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायतका नेताहरु अग्रणी मोर्चामा रहेका थिए । यसैबीच नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले गरिब, मजदूर र दुःखीको सेवा गरेर प्रजातन्त्र पुर्नस्थापना दिवस मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्