Logo

कोरोनाका कारण रोकियो १२ क्रिकेटरको विवाह



कखरा संवाददाता


२५ चैत, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) का कारण संसारभरका खेलकुद प्रतियोगिताहरु प्रभावित गरिरहेको यो समयमा खेलाडीको व्यक्तिगत जीवनलाई पनि प्रभावित पारेको छ ।

खेलाडीको यो समयमा तय भएको विवाह समेत कोरोना भाइरसका कारण रोकिएको छ । अस्ट्रेलियामा आम रुपमा क्रिकेटरको विवाहका लागि अप्रिलको महिना सबैभन्दा उत्तम समय मानिन्छ । यो समयमा त्यहाँका खेल प्रतियोगिताहरु समाप्त भएका हुन्छन् र चिसो मौसम सुरु हुन्छ ।

कोभिड–१९ को सामना गर्नका लागि अस्ट्रेलियामा केही प्रतिबन्ध लगाइएको छ । जसमा विवाह पनि गर्न पाइदैन । अस्ट्रेलियामा विवाहमा बेहुला बेहुलाका साथै पादरीसहित पाँच सय जनासम्म सहभागी हुन पाउँछन् ।

यो समयमा अस्ट्रेलियाली र त्यहाँको घरेलु टिममा अनुबन्ध भएका ८ खेलाडीले प्रणय सुत्रमा बाँधिने योजना रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्