Logo

यूएईमा कोरोना संक्रमणबाट नेपाली महिलाको मृत्यु



कखरा संवाददाता


२५ चैत, काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह–६ की ४० वर्षीया महिला रहेकी छिन् ।

यूएईको दुबईमा घरेलु काममा गर्ने ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन् । उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो । उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन् ।

सोमबार यूएईमा २७७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । योसँगै त्यहाँमा संक्रमितको संख्या २ हजार ७६ पुगेको छ । यूएईमा मृतकको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्