Logo

ओली र दाहालबीच नेकपा सचिवालय बैठक बोलाउने सहमति



कखरा संवाददाता


२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार साँझ टेलिफोन वार्ता भएको छ ।

दुई अध्यक्षबीचको कुराकानीमा समसामयिक मुद्दामा छलफल गर्न शनिबार सचिवालय बैठक बोलाउन दाहालले ओलीलाई प्रस्ताव गरेका थिए ।

जवाफमा ओलीले शनिबार नै बैठक बोलाउने सहमति गरेका थिए । ‘भोलि मिलेन भने पर्सि जसरी पनि बैठक राखौँला,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्रोतले जानकारी दियो ।

कोरोना भाइरसको सम्भावित महामारीबिरुद्ध देश लकडाउनमा रहेका बेला मेडिकल भ्रष्टाचारलगायत मुद्दाहरुका कारण सरकार बदनाम हुँदै गएको बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्