Logo

आवश्यक उपकरण र थप जनशक्तिका लागि पहल भइरहेको छः नेता पौडेल



कखरा संवाददाता


२१ चैत, काठमाडौं । बागलुङमा नोबोल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दुई जनामा देखिएपछि आवश्यक उपकरण र जनशक्तिको अभाव देखिएको छ । दुई जना सो भाइसरको संक्रमण देखिएपछि आवश्यक उपकरण र जनशक्तिको अभाव देखिएको हो ।

धौलागिरि अञ्चल अस्पताल बागलुङले जनशक्ति र आवश्यक उपकरण अभाव भएको भन्दै प्रदेश र केन्द्रीय सरकारसँग पहल गरिदिन नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग आग्रह गरेको छ ।

शुक्रबार भेटघाट र निरीक्षणका लागि बागलुङ आएका नेता पौडेललाई अस्पताल प्रशासनले आइसूलेसन वाड, आइसीयू र थप जनशक्तिका विषयमा ध्यानाकर्षण गराएको अञ्चल अस्पताल बागलुङका सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले बताए ।

उपचारमा कुनै प्रकारको अभाव नहुने गरि केन्द्र सरकार र प्रदेश सरकारसँग आवश्यक पहल गरिसकेको नेता पौडेलले विश्वास व्यक्त गरे ।

उनले भने, ‘आवश्यक जनशक्ति र उपकरणका लागि स्वास्थ्य सचिव र स्वास्थ्यमन्त्रीलगायत सकारकारी अधिकारीसँग परामर्शसमेत गरिसकेको छु, उहाँ भनेअनुसार आवश्यक सामग्रीसहित जनशक्ति परिपुर्ति हुनेमा विश्वस्त छु ।’

विदेशबाट चैत ४ गते नेपाल आएकी १९ वर्षीया युवती र ६५ वर्षीया वृद्वामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । अहिले उनीहरुको सोही अस्पतालको आइसुलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्