Logo

प्रिमियर लिग फुटबलको भविष्यबारे क्लबहरुले छलफल गर्दै



कखरा संवाददाता


२१ चैत, एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु कहिले सुरु गर्ने भन्ने विषयमा छलफल गर्न शुक्रबार क्लबहरुबिच छलफल हुँदैछ ।

प्रिमियर लिगका सबै २० क्लबबिच भिडियो कन्फ्रेन्स मार्फत शुक्रबार बैठक हुन लागेको हो । प्रिमियर लिगका खेलहरु कम्तिमा अप्रिल ३० सम्म स्थगित भएका छन् । तर त्यस लगत्तै खेलहरु सुरु हुने सम्भावना छैन ।

प्रिमियर लिगका खेलहरु मे सम्म स्थगित गर्ने वा स्पेन र फ्रान्सका लिगमा जस्तै अनिश्चित समयका लागि स्थगित गर्ने विकल्पबारे छलफल हुने छ । इटालीमा सिरी ए फुटबल मे को अन्त्यसम्ममा सुरु गर्ने अपेक्षा गरिएको छ । तर त्यसको सम्भावना देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्