Logo

बेलारुसमा जारी फुटबल लिगप्रति खेलाडी फिफप्रोको चासो



कखरा संवाददाता


१९ चैत, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण थप बिस्तार हुन नदिनका लागि विश्वका अधिकांश फुटबल गतिविधि रोकिएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण बढी प्रभावित भएको युरोपका अधिकांश शीर्ष लिगहरु स्थगित भएका छन् र कहिले सुरु हुने छ भन्ने निश्चित भएको छ । तर पूर्वी युरोपको बेलारुसमा भने शीर्ष लिग फुटबल जारी छ ।

कोरोना भाइरसको संक्रमण फैलिने त्रासका बिच पनि जारी लिग प्रति खेलाडीको विश्व संगठन फिफप्रोले चासो व्यक्त गरेको छ । यो सप्ताअन्तका लागि बेलारुस प्रिमियर लिगका ८ खेल हुने तयारी छ ।

फिफप्रोले बेलारुसमा पनि अरु देशका फुटबल गतिविधिमा जस्तै सावधानी अपनाउन आग्रह गरेको छ । जसरी फुटबल गतिविधि बेलारुसमा जारी छ त्यो स्वीकार्य नरहेको फिफप्रोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्