Logo

काेराेनाभाइरस: नुवाकोटमा एकजना आइसोलेसनमा, नमूना काठमाडौं पठाइयो



कखरा संवाददाता


१८ चैत, बेत्रावती । कोरोना भाइरस (कोभिड –१९) को आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ । नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि सो परीक्षण गर्न सो प्रयोगशालामा पठाइएको त्रिशूली अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डन डा. रेमकुमार राईको अनुसार अस्पतालको सम्पर्कमा रहेर घरमै रहेका ती व्यक्तिमा गत आइतबारदेखि ज्वरो आएपछि सोमबार साँझदेखि अस्पतालको आइशोलेशनमा राखेर निगरानीमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । सो भाइरसको आशंकामा जिल्लाबाट नमूना सङ्कलन गरी परीक्षण गर्न पठाइएको यो पहिलो पटक हो ।

फाइल तस्बिर

यसैबीच, यही चैत ९ मा भारतबाट आएका एक जनामा पनि आइतबारदेखि उच्च ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइएको छ । काठमाडौसँग सीमा जोडिएका स्थानका ती व्यक्ति भारतबाट ९ गते आएपनि काठमाडौमा बसेको र त्यहाँ रहदाँ नै ज्वरो आएपछि आरामको लागी चैत १४ मा नुवाकोटस्थित घर आएका बताइएको छ ।

घरमा आएदेखि नै चिकित्सकसंगको निरन्तर फोन सम्पर्कमा रहेका उनलाई ज्वरो र श्वासप्रश्वासमा थप समस्या देखिएपछि त्रिशूली अस्पतालका चिकित्सकले काठमाडौ रिफर गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्