Logo

पाचौँ कोरोना संक्रमित भेटिए, संक्रमितलाई काठमाडौं ल्याइँदै



कखरा संवाददाता


१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण पाँचौ व्यक्तिमा पुष्टि भएको छ । बेल्जियमबाट आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार उनलाई बागलुङबाट सुरक्षित काठमाडौं ल्याइदैछ । यो सँगै नेपालमा संक्रमितको संख्या ५ पुगेको छ । अहिले संक्रमण देखिएकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । बागलुङ नगरपालिकामा रहेको आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएपनि आफ्नै घरमा बसेको बताएको छ ।

यसअघि हिजो धनगढीको सेती प्रादेशिक अस्पतामा उपचाररत एक युवकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसअघि धादिङका एक युवकमा देखिएको थियो । उनको अहिले टेकु अस्पताल उपचार भइरहेको छ । त्यसअसघि संक्रमित एकजना भने उपचारपछि घर फर्किसकेका छन् । शुक्रबार बिभिन्न सञ्चारमाध्यममा तेश्रो संक्रमित १९ वर्षीया किशोरी घर फर्किएको समाचार आएता पनि उनी अस्पतालमै रहेको डा. देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्