Logo

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



कखरा संवाददाता


१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराति अचानक मुटुको धडकन बढेपछि उनलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो ।

राति र आज दिनभर चिकित्सकले निरन्तर निगरानीमा राख्दा अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टर अरुण सायमीले जानकारी दिए । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओली अहिले बाहिर निस्किएका छैनन् ।

फागुन १९ गते मिर्गौला प्रत्यारोपण गरेर डिस्चार्ज भएलगै प्रधानमन्त्री ओलीले सार्क राष्ट्रका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स गर्नुका साथै मन्त्रीपरिषद र पार्टीको सचिवालय बैठकहरु राखेका थिए । उनले राष्ट्रका नाममा सम्बोधन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्