Logo

लकडाउनमा मदिरापसल खोल्ने पक्राउ



कखरा संवाददाता


१२ चैत, काठमाडौं । राजधानीको चन्द्रागिरीमा लकडाउनको समयमा मदिरापसल खोल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रगिरी नगरपालिका–१ दहचोक बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्ती रहेका छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको हो ।

लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरी प्रहरी वृत्त नागढुङ्गाले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्