Logo

‘लकडाउन’को पहिलो दिन यस्तो देखियो काठमाडौं (१४ तस्वीर)



कखरा संवाददाता


११ चैत, काठमाडौं । दिनहुँ हजारौं सवारी साधन गुड्ने काठमाडौंका सडकहरू सुनसान छन् । मूल सडक देखि भित्री गल्लीहरुमा समेत फाट्टफुट्ट मात्र सवारी साधन चलेका छन् ।

पसल तथा पेट्राेल पम्पहरु सबै बन्दछन् । यद्यपि ग्याँस, दुध, पानी बोकेका ट्याङ्कर, एम्बुलेन्स र सञ्चारमाध्यमले प्रयोग गर्ने सवारीसाधनहरु भने निर्वाध चलिरहेका छन् । मानिसहरूको ओहोरदोहोर पनि शून्यप्राय छ ।

सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि देश पूरै लकडाउन गर्दा काठमाडौं अत्यन्त सुनसान देखियो । उसो त केहीदिन अघिदेखि नै काठमाडौंमा बस्दै आएका धेरैले काठमाडौं छोडिसकेका छन् ।

समितिले लकडाउनको घोषणा गरिसकेपछि पनि रातारात काठमाडौं छाड्नेहरु थिए । समितिले सबैलाई घरमै बसेर सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । चैत ४ गते फ्रान्स हुँदै कतारबाट नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउनको निर्णय गरेको हो ।

सबै तस्वीरः अतृप्त अज्ञानी

प्रतिक्रिया दिनुहोस्