Logo

बलिउड गायिका कनिका कपूर कोरोना संक्रमित



कखरा संवाददाता


८ चैत, एजेन्सी । बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार गायिका कनिका लन्डनबाट भारत आएकी थिइन् । कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनमा संक्रमित भएको पुष्टि भएको हो ।

कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन् । उनी मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी थिइन् । लखनउमा उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई पार्टी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्