Logo

चीनको भूकम्पको धक्का नेपालसम्म



कखरा संवाददाता


७ चैत, काठमाडौं । काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

चीनको पश्चिमी सीजाङमा गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले पनि आजको भूकम्पको केन्द्रविन्दु नेपालभित्र नरहेको बताउँदै यसबारे आधिकारिक जानकारी आउन बाँकी रहेको बताएको छ ।

यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्