Logo

‘परदेशी २’मा भित्रिए दीलिप



कखरा संवाददाता


५ चैत, काठमाडौं । अभिनेता दीलिप रायमाझीको अभिनय फिल्म ‘परदेशी २’मा पनि रहने भएको छ । छायाँकनरत फिल्म ‘परदेशी २’मा दीलिप भर्खर भित्रिएका हुन् ।

फिल्ममा उनी भित्रिएको जानकारी फिल्ममा अभिनेताको भुमिकामा रहेका गायक प्रकाश सपुतले दिए । सपुतले एकस्टाटस पोष्ट मार्फत फिल्ममा रायमाझी भित्रिएका जानकारी दिएका हुन् । उनले आफ्नो आइडल हिरो रुपमा समेत दीलिपको चर्चा गरेका छन् ।

केही सातादेखि पोखरामा छायाँकन भैरहेको फिल्म ‘परदेशी २’मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायत मुख्य भुमिकामा रहेका छन् ।

रमेश विजीको कथा तथा पटकथा रहेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षको कथामा फिल्म बन्न लागेको निर्देशक रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्