Logo

‘आमा’लाई मुनाफा, चौथो सातामा प्रेस विज्ञप्ती



कखरा संवाददाता


१ चैत, काठमाडौं । दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । आमा चौथो सातामा प्रवेश गर्दा फिल्म निर्माण कम्पनी डिएस डिजिटलले प्रेस रिलिज गर्दै खुसी व्यक्त गरेको छ ।

निर्माता सर्मिला पाण्डे र छायाँकार, लेखक र निर्देशक दिपेन्द्र के।खनालद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा ‘आमा’ले तेश्रो सातासम्म नेपालबाट आफ्नो लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गरेको उल्लेख छ । प्रेस रिलिजमा आमालाई आफ्नो ठान्ने सम्पूर्णलाई धन्यवाद दिइएको छ ।

फिल्म ‘आमा’ मा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरीको मुख्य भूमिका छ । कोरोना भाइरसले दर्शकमा उत्पन्न गरेको डरले अन्य फिल्महरुको प्रदर्शन मिति धमाधम स्थगन भैरहंदा आमाले लामो समयसम्म हल पाएको हो ।

प्रतिक्रिया दिनुहोस्