Logo

सुनको भाउ एकैदिन तोलामा ३ हजार घट्यो



कखरा संवाददाता


१ चैत, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ३ हजार रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमै महंगो भएपछि लगातार उकालो लागेको सुनको भाउ आज एकैपटक ३ हजार रुपैयाँ घटेको हो ।

बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको सुन शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबार अहिलेसम्मकै उच्च ८२ हजार ७ सय रुपैयाँ तोला पुगेको सुन त्यसयता घट्न थालेको हो ।

शुक्रबार चाँदी पनि तोलामा ४० रुपैयाँ घटेको छ । हिजो ८ सय ६० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्