Logo

गीता छोएर कमल थापाको कमस, ‘म पार्टी फुटाउँदिन’



कखरा संवाददाता


२९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् । यसअघि पार्टी पटकपटक फुटेको स्मरण गर्दै आशंका हुनसक्ने भएको भन्दै यसपटक पार्टी आफूले नफुटाउने भन्दै गिता छोएर पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०बीचको एकता समारोहमा बोल्दै उनले खल्तीबाट भागवत गीता पुस्तक निकाल्दै आफूले कहिल्यै पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् । पार्टी फुटाउनको लागि नेताहरुले मात्र नभई कार्यकर्ताहरुले जताततै हस्ताक्षर गरेको उनको तर्क छ ।

आफ्नो र अन्य दुई अध्यक्ष पशुपतिशमरेर जबरा र डा। प्रकाशचन्द्र लोहनीको पार्टी फुटाउने उमेर नभएको भन्दै उनले अरु साथीहरुको कारणले पनि पार्टी नफुट्नेमा आफू विश्वस्थ रहेको स्पस्ट पारे । उनले आफ्नो भाषण अन्त्य गर्दैगर्दा भागवत गीत पुस्तक पोडियममा छाडेर गएका छन् । ‘साथीहरुले पनि प्रतिवद्धता गर्नुहुन्छ भने मैले यो पुस्तक यहिँ छोडेको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्