Logo

मेजर लिग सकर: टोरेसलाई सीधै रातो कार्ड



कखरा संवाददाता


२५ फागुन, एजेन्सी । डेविड बेकह्यामको क्लब इन्टर मायामी सिएफले अमेरिकाको मेजर लिग सकरमा पहिलो गोल गरेको छ । तर उसले पहिलो जित भने दर्ता गर्न सकेको छैन ।

लिगमा यहि सिजनबाट डेब्यु गरेको इन्टर मायामीले शनिबार भएको लिगको आफ्नो दोस्रो खेलमा पहिलो गोल गरेको हो । अवे मैदानमा भएको खेलमा इन्टर मायामी डिसी युनाइटेडसँग २–१ ले पराजित भयो ।

पहिलो खेलमा इन्टर मायामी १–० ले पराजित भएको थियो । दोस्रो मिनेटमा नै पिजारोले गोल गर्दै इन्टर मायामीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा लिएको अग्रता मायामीले दोस्रो हाफमा जोगाउन सकेन ।

५४ औँ मिनेटमा आर टोरेस सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मायामी १० खेलाडीमा सीमित भयो । त्यसपछि डिसीले गोलगरेको हो ।

५९ औँ मिनेटमा पाएको पेनाल्टीमा असदले डिसीका लागि बराबरी गोल गरे । ६१ औँ मिनेटमा ब्रिलान्टले गोल गरेपछि डिसी २–१ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्