Logo

काजोलको खुलासाः विवाहमा मिडियालाई गलत ठेगाना



कखरा संवाददाता


२५ फागुन, एजेन्सी । बलिउड अभिनेत्री काजोलले ‘देवी’ बाट ‘शर्ट’ मा डेब्यू गरेकी छिन् । मार्च २ मा रिलीज भएको उक्त फिल्मको प्रमोशनका लागि आफ्ना को–स्टारसँग ‘द कपिल शर्मा शो’ मा पुगेकी छिन् ।

उक्त कार्यक्रममा काजोलले आफ्नो विवाहको बारेमा केही रमाइलो तथ्यको खुलासा गरेकी छिन् । उनले आफ्नो विवाहमा मिडियालाई गलत ठेगाना दिएको स्वीकार गरेकी छिन् । उनले आफ्नो विवाह भएको स्थान गलत बताएको थिइन् ।

काजोलले मिडियालाई खबर नगरेपनि मिडिया विवाहस्थलमा पुग्ने भएकाले गलत ठेगाना लेखेर कार्ड पठाएको बताइन् । उनले सन् १९९९ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्