Logo

नाका पुगेर स्वास्थ्य राज्यमन्त्रीको कडा निर्देशन



कखरा संवाददाता


२५ फागुन, बाँके । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरसको ९कोभिड –१९० प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपाल–भारत सीमानाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष ९हेल्थ डेस्क०को शनिबारअवलोकन गर्दै उनले नेपाल प्रवेश गर्ने सबैमा जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

सो अवसरमा राज्यमन्त्री रावतले आफ्नो जाँचसमेत गरे । नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षणकक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्