Logo

सन्दीपको विश्व कीर्तिमान



कखरा संवाददाता


२२ फागुन, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा नयाँ कीर्तिमान हासिल गरेका छन् ।

एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको थाइल्यान्डविरुद्ध भएको खेलमा लगातार २२ डट बल फाल्दै सन्दीपले नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि पाकिस्तानी तिव्र गतिका बलर मोहम्मद आमिरले लगातार २१ डट बल फालेका थिए । उनले उक्त कीर्तिमान यूएईविरुद्ध बनाएका थिए । सन्दीपले थाइल्याण्डविरुद्ध चार ओभरमा तीन मेडनसहित नौ रन दिएर एक विकेट लिए ।

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाललाई थाइल्याण्डले ६७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनायो ।

नेपालले उक्त लक्ष्य ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र पवन सराफले अविजित रहँदै क्रमशः ३६ र २७ रन बनाए । पूर्वकप्तान पारस खड्का ९ रन बनाएर पेभेलियन फर्किए ।

प्रतिक्रिया दिनुहोस्