Logo

एउटा घरले ६ बोटसम्म गाँजा उमार्न पाइने



कखरा संवाददाता


२० फागुन, काठमाडौं । सांसद् एवं पूर्व काुनन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापान गर्न बनेको विधेयक दर्ता गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाजाँखेतीलाई व्यसायिक बनाउनको लागि विधेयक दर्ता गरेका हुन् ।

सांसदले नीजि विधेयक दर्ता गर्न पाउने अधिकार प्रयोग गर्दै ल्याइएको सो विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेति गर्न पाउने उल्लेख छ । तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले यसबाट किसान तथा समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवा विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै थुप्रै रोजगारीका अवसर सिर्जना हुने उनको दाबी छ । विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको हुँदा नेपालमा पनि यसमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उनको तर्क छ ।

विधेयकमा एक घर परिवारमा घरायसी प्रयोजनकोलागि बढीमा ६ वटा सम्म गाँजाको बोट उमार्न सक्नुका साथै औद्योगिक प्रयोजनको लागि रेसा उत्पादन गर्न ेवा खाद्य पदार्थकोरुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा बिक्रि वितरण गर्नको लागि डेल्टा ९ टिएचसी ०.२ प्रशित वा सोभन्दा कम प्रतिशत भएको गाँजा प्रजातिको भाँगको खेति गर्न सकिने व्यववस्था गरिएको छ ।

खरिदकर्ताको नाम, थर, ठेगाना समेतको अभिलेख राखि तोकिए बमोजिमको परिमाणमा नबढ्ने गरी गाँजा बिक्रि वितरण गर्न पाइने छ । तर, एकाइस वर्ष उमेर पूरा नभएका वा गर्भवति महिलालाई बिक्रि वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाइने समेत उल्लेख गरिएको छ । विधेयकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी गाँजा खेति गर्न अनुमतिपत्र दिन सकिने स्थानीय तह वा जिल्ला तोक्नेछ ।

प्रतिक्रिया दिनुहोस्