Logo

वडाध्यक्ष भारतीय नागरिक भएको प्रमाणसहित प्रशासनमा उजुरी



कखरा संवाददाता


२० फागुन, काठमाडौं । जिल्लाको रामगोपालपुर नगरपालिका–५ का वडाध्यक्ष जीतेन्द्र चौधरी भारतीय नागरिक रहेका भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

रामगोपालपुर–८ बस्ने हरिश्चन्द्र ठाकुरले वडाध्यक्ष चौधरी भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

उजुरीकर्ता ठाकुरले उजुरीसँगै भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी तथा उनका बुबाको नाम उल्लेख भएको छायाकपी र उनले २०१९ मा भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा भोट खसालेको प्रमाणसमेत पेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा वडा नं ५ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष चौधरीसँग दोहोरो नागरिकता रहेको भन्दै ठाकुरले सप्रमाण एक महिना पहिले नै उजुरी दर्ता गराए पनि त्यस उजुरीमाथि हालसम्म कुनै कारवाही नभएको उजुरीकर्ता ठाकुरले आरोप लगाएका छन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वडाध्यक्ष चौधरीविरुद्ध निवेदन आएको र सो निवेदनमाथि आवश्यक अनुसन्धान भइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्