Logo

सानेपामा प्रहरीलाई ५ सय रुपैयाँ घुस !



कखरा संवाददाता


२० फागुन, ललितपुर । जिल्लाको सानेपामा प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुन्धारा बस्ने उदयपुर घर भएका ३२ वर्षीय बिरधन राई र सोही ठाउँ बस्ने नविन राई रहेका छन् ।

प्रहरीले बा १ ख ६९५२ नम्बरको बस जाँच गर्ने क्रममा उक्त नगद दिई प्रालोभनमा पार्ने खोजे पश्चात उक्त नगद सहित चालक बिरधन र सहचालक नविनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्