Logo

नेपालको महिला क्रिकेट आईसीसी वरियतामा यथावत्



कखरा संवाददाता


२० फागुन, काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत स्थानमा रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो वरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो ।

नयाँ वरियतामा नेपालले २० खेलमा १२९ रेटीङ अङ्क प्राप्त गरेको छ । महिला वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी इंग्ल्यान्ड तेस्रो, भारत चौँथो तथा वेष्टइण्डिज पाँचौ स्थानमा छ ।

नेपाली महिला टोलीले गत मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद ९साग० पछि कुनै पनि अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्