Logo

मुख्यमन्त्री राईको पत्नी भन्दै अदालतमा अंश मुद्दा दर्ता



कखरा संवाददाता


१७ फागुन, काठमाडौं । अविवाहित भन्दै आएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति हो भन्दै काठमाडौं जिल्ला अदालतमा एक महिलाले मुद्दा दर्ता गरेकी छिन् ।

दोलखा जिल्लाकी बालिका खड्का राईले अंशचलन मुद्दा दायर गरेकी हुन् । उनले मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना र यौन दुव्र्यवहारको प्रयास गरेको समेत आरोप लगाएकी छिन् ।

आरोपपत्रमा बालिकाले मुख्यमन्त्री राईलाई वि.सं.२०७१ सालदेखि चिनेको र आफ्नो पति भएको बताएकी छिन् । त्यतिबेला राई तत्कालीन नेकपा एमालेका वैकल्पिक पोलिट्ब्युरो सदस्य थिए भने बालिका एमालेकै भ्रातृ संस्था युवा संघ नेपालकी केन्द्रीय सदस्य थिए ।

मुख्यमन्त्री राईसँग आफू लिभिङ टुगेदरमा रहेको जिकिर गरेकी छिन् । राईले विद्यादेवी भण्डारी पहिलो पटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौन दुव्र्यवहार गर्ने प्रयास गरेको आरोप लगाएकी छिन् ।

यसअघि उनले सार्वजनिक संचारमाध्याममा पनि यो कुरा बोल्दै आएकी थिइन् । राईले आफूलाई २०७२ देखि २०७४ सालसम्म काठमाडौं बुढानिलकण्ठ नगरपालिका गोल्फुटारमा डेरामा राखेको पनि उनले दाबी गरेकी छिन् । मुद्दाको पेशी आउँदो १७ चैतका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्