Logo

गगन र बाबुराम एकैठाउँः गगनले भने, ‘पूर्ण सहमत’



कखरा संवाददाता


१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले उठाएको पूर्वप्रधानमन्त्रीहरुको सम्पति छानविन गनुपर्ने मागलाई पूर्ण समर्थन रहेको बताएका छन् ।

बिहीबार साँझ एक ट्वीट गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री बनेकाको मात्र नभई मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका प्रत्येकको सम्पत्ति छानबिन गनुपर्ने धारणा राखे । साथै उनले कसरी घर बनाएका छन् मात्रै नभई कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरी नागरिकलाई थाहा दिनुपर्ने अभिव्यक्ति प्रस्तुत गरेका छन् ।

बुधबार भट्टराईले प्रतिनिधिसभाको बैठकमा जडौरी मागेर लगाउने नेताहरुको काठमाडौंमा घर कसरी बन्यो भन्दै प्रश्न गर्दै पूर्वप्रधानमन्त्री र अहिलेका प्रधानमन्त्रीको पनि सम्पति छानविन हुनुपर्ने माग गरेका थिए । साथै उनले आफूले जति हिसाब गर्दा पनि देखिने आयश्रोतले काठमाडौंमा घर बनाउन नपुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्