Logo

नेइमारलाई रातो कार्ड, पिएसजी विजयी



कखरा संवाददाता


१२ फागुन, एजेन्सी । नेइमारले गोल गर्न सकेनन्, तर उनी खेलको अन्तिम समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले बोर्डक्सलाई ४–३ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नेइमार इन्जुरी समयको दोस्रो मिनेट अर्थात ९२ औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् ।

पिएसजीका लागि २५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरे । यस्तै माक्र्वीन्होसले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेट तथा ६३ औँ मिनेटमा गोल गरे ।

केलियन एमबाप्पेले ६९ औँ मिनेटमा गोल गरेका हुन् । बोर्डक्सका लागि वाङ्गले १८ औँ मिनेट, नास्किमेन्तो डी क्यास्ट्रोले पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेट तथा पार्डोले ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्षस्थानको पिएसजीको २६ खेलबाट ६५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्