Logo

परराष्ट्रमन्त्री ज्ञवाली दुईदिन बार्सिलोनामा रहने, राजदूत शेर्पाले गरिन् स्वागत



कखरा संवाददाता


११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार बार्सिलोना आइपुगेका छन् । जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आएका मन्त्री ज्ञवालीले स्पेनको पनि भम्रण गरेका हुन् ।

नेपाली राजदूताबास स्थापनापछि नेपालको उच्चपदस्थ अधिकारी स्पेन आएको यो पहिलो पटक हो । तर परराष्ट्रमन्त्री ज्ञवालीको स्पेन सरकारका प्रतिनिधिहरुसँग त्यस्तो कुनै भेटबार्ता वा छलफलको कार्यतालिका भने छैन ।

न्त्री ज्ञवालीले राजधानी म्याड्रिड पुगेर नयाँ नेपाली दूताबासको अवलोकनसमेत गर्ने छैनन् । बरु मन्त्री ज्ञवालीको स्वागतका लागि म्याड्रिडदेखि शुक्रबार नै राजदूत दावाफुटी शेर्पा बार्सिलोना आइपुगेकी थिइन् । स्पेनस्थित नेपाली दूताबासको गाडीसहित प्रथमसचिव हरिहरकान्त पौडेल पनि यतिबेला बार्सिलोनामा नै छन् ।

जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक सोमबारदेखि सुरु हुने हुँदा मन्त्री ज्ञवालीले २ दिनसम्म बार्सिलोनामा नै बिताउने भएका छन् ।

एनआरएनसँग अन्तरक्रिया गर्दै
परराष्ट्रमन्त्री ज्ञवालीसँग एनआरएनए स्पेनले अन्तरक्रिया गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी बन्न गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको पनि उपस्थिति रहेको छ। अन्तरक्रिया कार्यक्रममा स्पेन र नेपालको कूटनीतिक सम्बन्ध बिस्तार,एनआरएनए नागरिकता विद्येयक, भम्रण बर्ष २०२० लगायतका बिषयहरुमा छलफल हुने संघका अध्यक्ष दिनेश गुरुङ ९देउकाजी० ले अनलाइनखबरलाई जानकारी दिए ।

गुरुङले कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासाहरु राख्न स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य रहेका ज्ञवालीले पार्टीनिकट युरोपमा रहेका कार्यकर्ताहरुसँग पनि आईतबार बार्सिलोनामा भेटघाट तथा छलफल गर्ने भएका छन् ।

स्पेनमा नयाँ नेपाली दूताबासको अवलोकन समेत नगर्ने तथा आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ताको पहल नगरी कार्यकर्ता भेटघाट र घुमफिरमा केन्द्रित हुनुलाई मन्त्री ज्ञवालीको स्पेन भम्रणलाई कतिपय नेपालीहरुले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्