Logo

संसदमै गगन थापाको स्वस्थानी, ‘गोकुलधाममा गएर खड्ग उचाल्नु र विष्णु विष्णु भन्नु’



कखरा संवाददाता


७ फागुन, काठमाडौं । बालुवाटारको ललितानिवास प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले स्वस्थानी सुनाएका छन् । उनले संसद्मा आफैँले तयार पारेको बालुवाटार प्रकरणको स्वस्थानीको प्रथम अध्याय सुनाएका हुन् ।

स्वस्थानीमा उनले प्रधानमन्त्री केपी शर्मा ओली देखि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेकपाका महासचिव विष्णु पौडेललाई कडा व्यङ्ग गरेका छन् । यस्तै अख्यिारको कामप्रतिक पनि असन्तुष्टि प्रकट गरेका छन् ।

स्वस्थानीमा उनले भनेका छन्, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी । अब कसैको चोरीको सामान किन्नुपरे सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु । किन्नैपरे होइन–होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठ्यारोमा नै पर्नेभए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु ।’

उनी थप्छन्, ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रोहाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्नेछैनन् । इतिश्री अख्तियार पुराणे, कुमारविष्णु संवादे श्रीस्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण बर्णनाम् प्रथमोध्याय ।’

प्रतिक्रिया दिनुहोस्