Logo

स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित



कखरा संवाददाता


७ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेका लागि तोकिएको क्याम्पसहरुको स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित गरेको हो ।

मंगलबार बसेको त्रिवी कार्यकारी परिषद्को बैठकले अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पस प्रमुखहरुलाई पत्र पठाउँदै विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरिएको जानकारी गराएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले आफूहरुसँग छलफल नै नगरी फागुन १४ को मिति घोषणा गरिएको भन्दै असहमति जनाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्