Logo

आइपीएलको खेलतालिका सार्वजनिक (तालिकासहित)



कखरा संवाददाता


५ फागुन, एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) टी ट्वेन्टीको १३ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक तालिका अनुसार पहिलो खेल मुम्बई इण्डियन्स र चेन्नाइ सुपरकिंग्सबीच २९ मार्चमा मुम्बइको वान्खेडे स्टेडियममा हुनेछ । लिगको अन्तिम खेल १७ मे मा रोयल च्यालेन्जर्स बैंगालोर र मुम्बईबीच बैंगलोरमा हुनेछ । प्रतियोगिताको फाइनल भिडन्त वान्खेडे स्टेडियममै खेलाइने भएको छ ।

प्रतियोगिताका सबै फ्रेन्जाइज टोलीले अ–आफ्नो ट्वीटर ह्याण्डलमा तालिका शेयर गरेका छन् । अघिल्लो संस्करणको फाइनलमा मुम्बईले चेन्नाइलाई १ रनले हराएर चौथोपटक प्रतियोगिताको उपाधि जितेको थियो । यसपटक ४४ दिनको ठाउँमा ५० दिनसम्म लिग हुनेछ । नकआउटको खेल तालिका सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्