Logo

चीनबाट घर फर्किए नेपाली



कखरा संवाददाता


४ फागुन, काठमाडौं । कोरोनाभाइरसको केन्द्र रहेको चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् ।

हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

दूतावासका अनुसार तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेका थिए भने छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जनामा ज्वरो देखिएको थियो भने दुई जना उनीहरूको परिवारका सदस्य हुन् ।

उनीहरूलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान पुगेको थियो । विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो । विमानस्थलबाट उनीहरुलाई सीधै क्वारेन्टाइनका लागि भक्तपुर लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्