Logo

सुत्केरीले ९८ दिनसम्म सट्टा शिक्षक राख्न पाउने



कखरा संवाददाता


२ फागुन, काठमाडौं । खोटाङको दित्तेल रुपाकोट मुझावाढी नगरपालिकाले प्रसूति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ । नगर कार्यपालिकाको बैठकले सुत्केरी शिक्षिका र महिला कर्मचारीले ९८ दिनसम्म सट्टा कर्मचारी राख्न पाउने व्यवस्थासहितको कार्यविधि स्वीकृति गरेको हो ।

यसअघि सामुदायिक विद्यालयमा कार्यरत शिक्षिकालाई मात्र सट्टा शिक्षक राखेर बिदा बस्न पाउने कार्यविधि ल्याइएकोमा संशोधन गरी विद्यालयमा कार्यरत कार्यालय सहयोगी र बालविकास केन्द्रमा कार्यरत सहयोगीले समेत सुत्केरी भएका बेला सट्टा शिक्षिक राख्ने व्यवस्था गरेको हो ।

९८ दिनसम्म सुत्केरी बिदामा बस्दा विद्यालयको पठन–पाठन अवरुद्ध हुने स्थिति आउने भएकाले सट्टा शिक्षक राख्ने व्यवस्था शिक्षा नियमावलिमा समावेश गरिएको मेयर दीपनारायण रिजालले बताउनुभएको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्