Logo

पतिकै अगाडि बलात्कार गर्ने १२ वर्षमा पक्राउ



कखरा संवाददाता


१ फागुन, काठमाडौं । पतिकै अगाडि बलात्कार गरेर फरार एक अभियुक्त १२ वर्षमा पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ इनरुवाका ५० वर्षीय हरिनारायण यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

अर्का अभियुक्त दुधियावाला भनिने खटर यादव भने अझै फरार रहेको डिएसपी तिलक भारतीले बताउनु भयो । पीडितले ढिलै भए पनि न्याय पाउने डिएसपी भारतीको भनाई छ । ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे हो, रहेछ’ पीडित दम्पतीले भने, ‘अभियुक्त १२ वर्षपछि बल्ल पक्राउ परे ।’

२०६४ असोज २९ गते सुनसरीको इनरुवामा मजदूरी गरेर हनुमाननगर हुँदै घर फर्किरहेको बेला यादवद्वयले आक्रमण गरेका थिए । दुवै जनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए । उनीहरुले दम्पतीको साथमा रहेको २० हजार रुपैयाँ समेत लुटेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्