Logo

बार्सिलोनाका डेम्बेले ६ महिना खेल्न नसक्ने



कखरा संवाददाता


२९ माघ, एजेन्सी । बार्सिलोनाका ओस्मान डेम्बेले आगामी ६ महिना मैदान बाहिर हुने भएका छन् । २२ वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेको घुँडा भन्दा माथिल्लो भाग ९थाइ० को मांशपेशी च्यातिएका कारण खेल्न नसक्ने भएका हुन् ।

गम्भीर रुपमा च्यातिएको मांशपेशीको उपचारका लागि शल्यक्रिया गरिएको छ । चोटबाट फिट हुने क्रममा रहेका डेम्बेले गएको हप्ता प्रशिक्षणको क्रममा पुनः चोटग्रस्त भएका हुन् ।

सन् २०१७ मा बोरुसिया डर्टमुण्डबाट बार्सिलोना आएयता डेम्बेलेका दुवै गोडामा धेरैपटक चोट लागेको छ । यो सिजन उनले मात्रै तीन खेलमा पूरा समय मैदानमा बिताएका छन् ।

उनले चोटका कारण अहिलेसम्म बार्सिलोनाका ६३ खेल गुमाएका छन् । फ्रान्सलाई विश्वकप जिताउने टिमका सदस्य रहेका डेम्बेले यो वर्ष हुने युरोकप २०२० मा खेल्न सक्ने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्