Logo

अनन्यले गरिन् लगातार २३ घन्टा सुटिङ



कखरा संवाददाता


२९ माघ, काठमाडौं । बलिउडमा पछिल्लो समयमा चर्चामा रहने अभिनेत्री मध्यकी एक हुन् अनन्य पाण्डे ।

‘स्टुडेन्ट अफ द इयर २’बाट बलिउड डेब्यु गरेकी उनले अभिनेता कार्तिक आर्यनका साथ ‘पति पत्नी और वो’ समेत अभिनय गरेकी थिइन् । जुन फिल्म अभिनयबाट उनले निकै तारिफ समेत बटुलिन् ।

अहिले उनी ‘खाली पीली’ को सुटिङमा ब्यस्त रहेकी छन् । फिल्ममा आफ्नो भूमिका राम्रो बनाउन उनी कुनै कसुर पनि बाँकी राख्दिनन् । त्यसैले पनि उनले एक दिन लगातार २३ घन्टा सुटिङ गरेको समाचार बाहिर आएको छ ।

पछिल्लो समय अनन्य निकै ब्यस्त छिन् । २०२० मा उनका केही फिल्म रिलिजमा आउने छन् । फिल्म ‘खाली पीली’को अलवा उनी एक अर्को फिल्ममा पनि अहिले ब्यस्त छिन् । जुन फिल्ममा सिद्धान्त चतुर्वेदी र दीपिका पादुकोण समेत देखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्