Logo

भारतीय नागरिक लुट्ने प्रहरी हवलदार पक्राउ



कखरा संवाददाता


२६ माघ, काठमाडौं । भारतीय नागरिकलाई लुट्ने एक जना प्रहरीसहित अन्य तीन जना पक्राउ परेका छन ।

राजधानीको न्युरोडस्थित सुन पसलमा कालीगढका रुपमा काम गर्दै आएका भारतीयलाई नरदेवीबाट लुटपाट गर्ने प्रहरी हवलदार प्रदीप रानासहित धादिङका नरमान तामाङ र पेमान तामाङलाई जनसेवा प्रहरीले पक्राउ गरेको हो ।

राना प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखा नक्सालमा कार्यरत प्रहरी हवलदार हुन् । उनी प्रहरी कार्यालयबाट ड्युटी सकेर महानगरीय प्रहरी वृत सोह्रखुटेट्मा सुत्न जान्थे ।

जनसेवाका डीएसपी सुनीलजंग शाहको अनुसार पीडित पक्षले तीन तोला सुन लुटिएको उजुरी दिएको छ । तर , उनीहरुको साथबाट एक तोला सुनमात्रै बरामद भएको डीएसपी शाहले बताए । पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको राजधानी दैनिमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्