Logo

दाेस्राे खेलमा नेपालद्वारा अमेरिका पराजित



कखरा संवाददाता


२६ माघ, काठमाडौं । विश्वकप २०२३ खेल्ने छनौटको रुपमा रहेको आइसीसी विश्कप क्रिकेट लिग–२ को आफ्नो दोश्रो खेलमा नेपाल विजयी भएको छ । १ सय ९१ रनको लक्ष्य दिएको अमेरिकालाई ४४ ओभरमै अलआउट गर्दै नेपालले दोश्रो खेलमा ३५ रनको जित हासिल गरेको हो ।

अमेरिकाका एक खेलाडी बाहेक अरु खेलाडीले राम्रो प्रदर्शन गरेनन् । उसका लागि आइजी हल्याण्ड बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उनले १ सय ११ बलको सामना गर्दै ७१ रन जोड्न सफल भए । यस्तै क्यामेरन स्टेभेन्सनले १९ र करिमा गोरले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङतर्फ नेपालका करण केसीले ४, सुसान भारीले ३, सन्दीप लामिछानेले २ र कुृशल मल्लले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेटमैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । नेपालको लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । विनोदले ५९ रन बनाए । विनोदले ६२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा विनोदको यो पहिलो अर्धशतक हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने उनी आठौं नेपाली खेलाडी हुन् । डेब्यु खेलमै अर्धशतक पुरा गरेका कुशलले ५० रन बनाए । कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान समेत बनाएका छन् । कुशल कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा पारस खड्का १९ रनमा आउट भए । करण केसीले १२ रन जोडे ।

बलिङतर्फ अमेरिकाका क्यामरुन स्टेभेनसनले ३, रुस्ती थोरेन र कप्तान सौरभ नेत्राभाल्करले समान २–२ विकेट लिए । खेलका प्लेयर अफ द म्याच नेपालका करण केसी घोषित भए ।

प्रतिक्रिया दिनुहोस्