Logo

बाँस्काेटालाई उद्योगपति चौधरीको काउन्टर, ‘मन्त्रीलाई नै ज्ञान नहुनु दुःखद’



कखरा संवाददाता


२५ माघ, काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको आफूप्रतिको भनाइप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्री बाँस्कोटाले सीजी टेलिकम्युनिकेसनले २० अर्ब रुपैयाँ चुक्ता गरे मात्रै लाइसेन्स दिने अभिव्यक्ति दिएको भोलिपल्ट कम्पनीका मालिक चौधरीले राज्यले नै सो रकम १० वर्षमा फरक फरक किस्तामा तिर्ने ब्यवस्था मिलाएको बताएका हुन् । राज्यले मिलाएको ब्यवस्थाबारे तालुकदार मन्त्रीले नै ज्ञान नराख्नु दुःखद भएको चौधरीको भनाइ छ ।

उनले भने, ‘चौधरीले सामाजिक संजालमा ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद छ।’ उनले सबै भ्रम उपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसन उत्सुक रहेको पनि बताएका छन् ।

सीजी टेलिकम्यूनिकेसनको लाइसेन्स सम्बन्धमा चौधरी ग्रुपले आइतवार पत्रकार सम्मेलन गरी थप स्पष्ट पार्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्