Logo

आलम मुद्दामा उच्च अदालतमो यस्तो आदेश



कखरा संवाददाता


२५ माघ, काठमाडौं । उच्च अदालत जनकपुरले अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ।

न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो ।

२९ कात्तिकमा रौतहत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको आदेशपछि आलम पुर्पक्षका लागि नख्खुस्थित कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्