Logo

रंगशाला निर्माणको लागि प्रमोद खरेलको सहयोग घोषणा



कखरा संवाददाता


२२ माघ, काठमाडौं । जनस्तरबाट निर्माण भइरकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि गायक प्रमोद खरेलले सहयोग घोषणा गरेका छन् । उनले सोमबार आफ्नो ट्वीटर ह्याण्डलमार्फत सहयोग घोषणा गरेका हुन् ।

गायक खरेलले २०७६ माघ १७ गतेदेखि २०७७ माघ १७ गते भित्र आफूले गर्ने सांगीतिक कार्यक्रबाट प्रति कार्यक्रम ५ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । उनले जति धेरै कार्यक्रममा सहभागी हुन्छन्, रंगशालालाई उतिनै धेरै रकम सहयोग गर्नेछन् ।

गायक खरेल पहिल्यैदेखि नेपाली क्रिकेटलाई समर्थन र सहयोगको लागि तत्पर व्यक्ति हुन् । उनले आफ्नै स्वरमा क्रिकेटसँग सम्बन्धित गीत ‘मेरो देश प्यारो नेपाल’ बोलको गीतसमेत गाएका थिए । यसअघि नेपाल भएका क्रिकेट खेलहरुमा पनि उनी खेलाडीहरुलाई समर्थन गर्नको लागि क्रिकेट मैदानसम्म नै पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्