Logo

पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यासको बढ्यो



कखरा संवाददाता


२१ माघ, काठमाडौं । पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य बढेको छ भने खाना पकाउने ग्यास (एपिजी)को मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटबढ गरेको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घट्दा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । १ रुपैयाँ घटेपछि अब पेट्रोलको मूल्य १ सय १० रुपैयााक कायम भएको छ । यस्तै डिजेल र मट्टीतेल अब ९९ रुपैयाँमा पाइने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने १३ सय ७५ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्