Logo

इजिप्टका धनाढ्यसँग बिल गेट्सकी छोरीको इंगेजमेन्ट, तस्बिर भाइरल



कखरा संवाददाता


१८ माघ, एजेन्सी । संसारका सबैभन्दा धनाढ्य व्यक्तिमध्ये एक बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले यो कुरा आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बिर पोष्ट गर्दै दिएकी छिन् ।

२३ वर्षीया जेनिफरलाई २८ वर्षीय नायेलले एक सुन्दर हिउँले ढाकेको स्थानमा लगेर प्रस्ताव गरेको उनले इन्स्टाग्राम मार्फत् जानकारी दिए । नायेलले जेनिफरलाई हिराको औंठी दिँदै ‘जीवन रहुञ्जेल साथ दिन्छौ’ भनेर अनुमती मागे । जेनिफरले तत्काल ‘हुन्छ’ भनिन् । त्यसपछि ती दुईले एक अर्कालाई चुम्बन गरे र अँगालो हाले ।

जेनिफर र नायेल एक अर्कालाई करिब चार वर्षदेखि चिन्छन् । जेनिफर बिल र मेलिन्डा गेट्सकी जेठी छोरी हुन् । नायेल इजिप्टका सबैभन्दा युवा धनाढ्यमध्येका एक हुन् ।

प्रतिक्रिया दिनुहोस्