Logo

भारत र न्यूजिल्याण्डः चौथो टी–ट्वान्टी पनि सुपरओभरमा



कखरा संवाददाता


१८ माघ, एजेन्सी । भारत र न्यूजिल्याण्डको चौथो टी–२० खेल पनि टाइ भएपछि सुपरओभरसम्म पुगेको छ । सुपरओभरमा पुनः भारतले जित दर्ता गरेको छ । यसअघि भएको तेश्रो खेल पनि सुपरओभरमा पुगेर भारतले जितेको थियो ।

१ सय ६६ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले १७ औँ ओभरमा तीन विकेट मात्र गुमाएपछि जित पक्का भइसकोको थियो । तर २० ओभरसम्म पुग्दा न्यूजिल्याण्डले ७ विकेट गुमायो र १ सय ६५ रनमात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा न्युजिल्याण्डको ४ विकेट झरेपछि खेल अन्तिमबल सम्म पुगेको हो ।

सुपरओभरमा पाएको १४ रनको लक्ष्य भारतका लागि विराट कोहली र केएल राहुलले पूरा गरे । केएल राहुलले पहिलो दुई बलमा क्रमशः छक्का र चौका प्रहार गर्दै १० रन बनाए । तेश्रो बलमा केएल राहुल आउट भए । चौथो र पाँचाैँ बलमा विराट कोहलीले क्रमशः २ र ४ रन प्रहार गरेपछि भारतले सुपरओभरमा खेल जितेको हो । न्युजिल्याण्डबाट बलिङ टीम साउथीले बलिङ गरेका थिए ।

त्यसअघि न्यूजिल्याण्डले १ ओभरमा १३ रन बनाएको थियो । उसका लागि टीम सैफेर्ट र कोलिन मुन्रोले सुपरओभरको ब्याटिङ गरेका थिए । सैफर्टले ८ रन बनाउँदा मुन्रोले ५ रन बनाएका थिए । सैफर्ट पनि तीन बल खेलेपछि आउट भएका थिए । सुपरओभरको बलिङ भारतका जसप्रित बुमराहले गरेका थिए । ५ खेलको श्रृंखला भारतले ४–० ले आफ्नो पक्षमा परिसकेको छ ।

५ खेलको श्रृंखला भारतले ४–० ले आफ्नो पक्षमा परिसकेको छ । अब पाँचौ टी–२० आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्