Logo

सामसुङले ल्यायो 5G चल्ने ट्याब, कति पर्छ मूल्य ?



कखरा संवाददाता


१७ माघ, काठमाडौं । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ गर्छ भने एआर सामग्री प्रयोग गरिएको छ ।

सामसुङले हाल १२८ जिबी आन्तरिक स्टोरेज सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर (९६ हजार ९ सय) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्