Logo

काठमाडौं ल्याएर भिसा नलाग्दा हत्या



कखरा संवाददाता


१७ माघ, काठमाडौं । बंगलादेशबाट लेबनान पठाइदिने भन्दै ४५ वर्षीय बंगलादेशी नागरिक मुहाउद्दिन अहमद परवेजलाई काठमाडौं ल्याएका ४४ वर्षीय दुला मियाँले भिसा नलागेपछि हत्या गरेको बयान दिएका छन् ।

तीन वर्षअघि लेबनान पठाइदिने भन्दै नेपाली रुपैयाँ करिब ४ लाख लिएका मियाँले परवेजलाई बंगलादेशबाट लेबनान पठाउन नसकेपछि काठमाडौं हुँदै भिसा लगाएर पठाइदिने भनी ल्याएका थिए ।

महानगरिय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार बंगलादेशबाट काठमाडौं आएका मृतक परवेज र मियाँ सोल्टीमोडस्थित एक होटेलमा बसेका थिए । सोही होटेलको कोठामा मृतकको शव भेटिएको हो । दईजना बिच विवाद भएपछि परवेजलाई दुलाले टाउकोमा ह्विस्कीको बोतल प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको डीएसपी बोगटीले जानकारी दिए ।

मियाँलाई साथिको हत्यापछि वीरगन्ज हुँदै काँकडभिट्टा पुगेर भारत प्रवेश गर्न खोजेपनि नसकेपछि काठमाडौं फर्किन खोज्दा लहानबाट प्रहरीले पक्राउ गरेको हो । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्